काठमाडौँ । दबाब (Stress) यो शब्द बुझ्न जति सजिलो छ, त्यति नै यसलाई व्याख्या गर्न कठिन पनि ।
विभिन्न मनोवैशानिकले यसलाई आआफ्नै तरिकाले परिभाषित गरेको पाइन्छ । सन १९३६ मा Hans selye ले यो शब्दलाई प्रयोगमा ल्याएका हुन् । उहाँका अनुसार stress भनेको हाम्रो शरीरले कुनै परिवर्तन को माग हुदा देखाउने गैर–विशिष्ट प्रतिक्रिया हो । जुन वातावरणीय मागहरुलाई stressors भनिन्छ ।
सन २००३ मा एसपी, रविन्सले दाब (Stress) शरीरको त्यस्तो अवस्था हो जहाँ व्यक्ति केही अवसर, अवरोधहरु वा उसले चाहना गरेको परिणामहरु अन्यन्तै महत्वपूरण वा अनिश्चिित छ भनी सामना गरी रहेको हुन्छ । त्यो बेला शरीरले आभास गर्दछ । सामान्य अर्थमा यसलाई मानसिक तनाव पनि भनिन्छ ।
Stress प्रायः नकारात्मकरुपमा मात्रै लिइन्छ । तर मनोवैज्ञानिकहरुले सकारात्मक (Eustress) र नकारात्मक (Distress) गरी विभाजन गरेका छ्न।
कुनै Stress को परिणाम सकारात्मक आउँछ भने त्यो सकारात्मक हो जस्तै–विद्यार्थीहरुले पास हुनका लागि पढनु, वैवाहिक जीवन शुरुवात गर्नु आदि । तर जब परिणामहरु नराम्रो वा नकारात्मक हुन सक्छ भन्ने सोच्दछन्, त्यो सोचाइले मान्छेमा नकारात्मक दबाब पैदा हु्न्छ।
वैज्ञानिकहरुले मान्छेहरुले किन र के कारण(Stressors)ले दबाबमा पुग्छन् भनि मूख्यतया तीन वटा स्रोतहरु उल्लेख गरेका छन् ।
पहिलो वातावरणीय स्रोतहरु – जस्तो भौतिक तथा सामाजिक पर्यावरणीय स्रोतहरु। जलवायु परिवर्तन, भूकम्प, आर्थिक, राजनीतिक अस्थिरता, प्राविधिक , विश्व्यापी महामारीका कारण ।
दोस्रो– सङ्ठनात्मक स्रोतहरु – मान्छेले काम गरिरहेको, संघसस्था, कामको प्रकृति आपनो भूमिका, सहकर्मीहरुसँगको सम्बन्ध, सङ्ठनको नेतृत्व आदि ।
तेस्रो – व्यक्तिगत स्रोतहरु : पारिवारिक द्वन्द्व , वैवाहिक समस्या , प्रिय व्यक्ति मृत्यू , बालबालिकाहरु र गरिबी आदि पर्न जान्छ्न ।
त्यस्तै व्यक्तिगत विशेषताहरु जस्तो अहिलेको महामारीमा कसैले भाग्यमा जे हुन्छ देखा जायेगा भन्ने हुन्छ भने कसैले मेरो कारणले यस्तो हुन गयो भनी आफैँलाई दोष दिरहेका हुन्छन् र दिक्कपना हुँदै तनाव लिएर व्यक्ति दबाबमा पुग्न सक्दछ ।
क्तचभकक र रोगको सम्बन्ध हुन्छ, जस्तो कुनै व्यक्ति एकदमै डर, रीस, शत्रुतापूर्ण संवेगहरु देखाउँछ भने उस्को स्वास्थ्यमा एकातिर हर्मोनको गडबडी भई , व्यक्ति झर्किने , आवेगमा आउने तथा आशाविहिन अनुभव गर्न थाल्दछ । जस्ले गर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाइ मान्छे शारीरिक तथा मानसिक बिरामी हुन पुग्दछ्र ।
शोक र क्षतिको समयमा मानसिक स्वास्थ्यबारे ख्याल गर्नुपर्ने केही बुँदाहरु :
१, स्वीकृति : यो असामान्य परिस्थिति भएकाले यो बेला परिस्थितिलाई स्वीकार गर्दै मनलाई स्वस्थ बनाउनमा ध्यान दिनुपर्ने मन बलियो हुन सके रोग प्रतिरक्षा प्रणाली बलियो हुने र आफू अनि बाँचेकाहरुका लागि पीडामा रहेका व्यक्तिलाई सहयोग गर्न शक्ति सञ्चय हुन जान्छ र व्यक्तिको आत्मबलमा वृद्धि हुन पुग्दछ ।
२, धैर्यता : शोक तथा विक्षिप्त अवस्थामा रहेका व्यक्तिलाई सम्झाउँदा उनीहरूलाई झन् पीडा हुनसक्ने कुरामा विचार गर्नुपर्ने हुन्छ । तुरुन्त मानसिक परामर्श दिँदै गर्दा मानसिक अवस्था जाँच बिना सम्झाउन हतार गर्न हुँदैन यसो गर्दा नराम्रो प्रभाव पर्न जान्छ त्यसर्थ एक Psychological First AiD (PFA) को नाममा सेवा दिन धैर्यता चाहिन्छ । जस्तो, त्यहाँ गएर सकारात्मक सोच्नुस्, यो खानुस्, यो नखानुस्, धै¥य गर्नुस्, तपाईको यस्तो भयो जस्ता कुरा गरेर सम्झाउन हतार गर्नुहुँदैन । यस्तो गर्दा पीडितलाई उल्टै पीडा हुन सक्ने सम्भावना रहन्छ ।
३, सेवा दिने व्यक्तिः
उद्धार र व्यवस्थापनमा खट्नेले पनि आफ्नो शारीरिक तथा मानसिक हेरचाह गर्न आवश्यक गर्नुका साथै प्रभावित स्थानमा जाँदाको पूर्वतयारी, अवस्थाको लेखाजोखा र फर्किदासम्मको एउटा योजना बनाउनु पर्दछ ।
प्रकोपको बेला शोकमा भएका व्यक्ति र आत्तिएका व्यक्तिलाई विश्वासमा लिएर उनीहरुको कुरा सुन्नु अत्यन्तै जरुरी हुन्छ । एक असल साथीको व्यवहार दक्ष मनोविद् मानसिक स्वास्थकर्मीहरुले गर्नुपर्ने हुन्छ । मनमा असाध्यै तनाब भए जे गर्दा आफूलाई अराम हुन्छ ती क्रियाकपाप गर्न दिनुपर्दछ तर हानी हुने विचार त छैन कि भनेर सुक्ष्म अवलोकन गर्नुपर्दछ ! समुदायमा आधारित भएकाले जातीय , लेङ्गिक, धार्मिक आदि विविधताका बारे ज्ञान, सीप र धारणा स्पस्ट हुनु आवश्यक पर्दछ ।
४, मानसिक सेवा दिने तरिका :
क, द्रुत सेवा प्रदान :
व्यक्तिले यस्तो बेला एकान्तमा राखेर उनीहरुको पीडा सुन्ने, आफूले कम बोल्ने र यदि रुन खोज्छन् भने भावनात्मक सहयोग गर्नुपर्ने हुन्छ र रुन सहयोग गर्नुपर्ने हुन्छ । जसले गर्दा उहाँहरुको मानसिक उर्जा बाहिर निस्किएर शरीर र मन सन्तुलित हुन पुग्दछ र उहाँहरुलाई सहयोग पुग्दछ र यसका लागि दक्षता र सीपको आवश्यकता चाहिन्छ ।
ख, दैनिकी :
दैनिकीलाई निरन्तरता दिन विशेषगरी २०–४० वर्ष उमेर समूहका व्यक्तिहरुले साथीभाई परिवारसँग कुरा गर्ने, आपनो दैनिकीलाई पुनः व्यवस्थापन गरेर वयस्क , बालबालिकालाई सम्भव भए ससाना समूहमा राखेर बसोबासको व्यबस्था गर्ने र दीर्घकालिन अवस्थाको लेखाजोखा गरेर आवश्यक सहयोगको सम्भावना बारे सम्बधित निकायहरु सङ्ग समन्यव र सहकार्य गर्न सहयोगी भूमिका खेल्ने गर्नुपर्दछ, जसले गर्दा व्यस्त हुन गई पीडा भुल्न मद्दत मिल्दछ ।
ग, प्राकृतिक प्रकोप :
भूकम्पपछि जनधन , सम्पत्ति गुम्दा विक्षिप्त अवस्थामा रहेका व्यक्तिको मानसिक अवस्था सामान्य हुन केहीदिन, केही हप्ता र केही महिनासमेत लाग्न सक्ने भएकाले र समुदायका व्यक्तिहरुको मानसिक अवस्थाको लेखाजोखा गर्ने जस्तो केहीलाई हप्ता दिन , महिनौँसम्म डर, त्रास तथा पीडाबाट लामो समयसम्म बाहिर निस्कन गाह्रो हुन सक्छ । ( वर्गीकरण गर्ने Severe,Moderate,Mild)
घ, सूचना :
डर, त्रास तथा पीडाबाट लामो समयसम्म बाहिर निस्कन गाह्रो भएमा भने मनोविद्, मनोपरामर्शविज्ञ वा स्वास्थ्यकर्मीको सहयोग लिने र प्राथमिक सहयोगका लागि तालिमप्राप्त व्यक्ति, मानसिक स्वाथ्यकर्मी, मनोविमर्शकर्ता, मनोविद्, मनोचिकित्सकहरू बारे सुचित गराउनुपर्ने हुन्छ ।