काठमाडौँ : सशस्त्र प्रहरी बल, नेपाल नं ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बुमा आज ‘बाहिनीपति कप २०८०’ सम्पन्न भएको छ ।

उक्त अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरूषोत्तम थापाले विभिन्न युनिटहरुबाट सहभागी खेलाडीमध्येबाट विभिन्न विधामा प्रथम, द्वितीय तथा तृतीय हुने खेलाडीहरुलाई ट्रफी, मेडल तथा प्रशंसापत्र प्रदान गर्नुभएको थियो।
सो क्रममा बाहिनीपति, सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरूषोत्तम थापाले सशस्त्र प्रहरी बल, नेपालले राज्यद्धारा प्रदत्त कार्यादेशका अलावा खेलकुद क्षेत्रमा समेत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विभिन्न खेलकुदका विधाहरुमा सहभागिता जनाउँदै उत्कृष्ट नतिजा हासिल गर्दै आएको बताउनुभयो ।
उहाँले गुल्म, गण, बाहिनी तथा केन्द्रीयस्तरमा खेलकुद कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको र यस्ता कार्यक्रमल सशस्त्र प्रहरी कर्मचारीमा सामुहिक भावना, अनुशासन तथा शारीरिक एवम् मानसिक विकासमा सहयोग पुर्याउने र राष्ट्रको गौरब बढाउन महत्वपूर्ण भूमिका खेल्न बताउनुभयो ।
“शस्त्रले होइन, कुनै पनि देश खेलकुदका माध्यमद्वारा विश्वको विजेता बन्नसक्छ, खेलकुदबाट नै राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गर्न सकिन्छ” भन्ने भावसहित खेलकुद क्षेत्रलाई विकास गर्नक उक्त प्रतियोगिता आयोजना गरिएको हो ।
प्रत्येक वर्ष सञ्चालन हुँदै आईरहेको बाहिनीपति कप, यस वर्ष यही चैत १३ गतेदेखि शुरु भएको थियो । विभिन्न १२ वटा खेलकुदका विधाहरुमा खेलाडीहरुलाई सहभागी गराई प्रतिस्पर्धा भएको र यहाँबाट छनोट भएका प्रतिभाशाली खेलाडीहरु मध्येबाट निकट भविष्यमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा यही २५ गते आयोजना हुने सशस्त्र प्रहरी महानिरीक्षक कपमा प्रतिष्पर्धा गर्ने उहाँले जानकारी दिनुभयो ।
उहाँले विभिन्न खेलकुदका विधाहरुमा सहभागी हुने खेलाडीहरुले केन्द्रीय स्तरमा पनि बाहिनीलाई सर्वोत्कृष्ट बनाउन तदारुकताका साथ लाग्न निर्देशन दिनुभयो ।
प्रत्येक बाहिनीमा बाहिनीपति कप खेलकुद प्रतियोगिता सञ्चालन गरी त्यहाँबाट छनोट भएका खेलाडीहरु सम्मिलित बाहिनीहरु बीच प्रतिस्पर्धात्मक महानिरीक्षक कप खेलकुद प्रतियोगिता सञ्चालन गर्ने थालनीले युनिट तहमा लुकेका प्रतिभाशाली खेलाडीहरुले आफ्नो खेल देखाउने मौका पाउने उहाँले बताउनुभयो ।
यस्ता छन् सुधारात्मक काम
बाहिनीपति सशस्त्रका डिआइजी थापाले वर्तमान अवस्थामा सशस्त्र प्रहरी बल, नेपालको कार्यादेशलाई Border Security, Internal Security, Revenue Support, Disaster Management मा वर्गीकृत गरी परिचालित भई नतिजा मुलक उपलब्धि हासिल गर्न सफल भएको जानकारी गराउनुभयो । उहाँले विपद् व्यवस्थापन तथा सचेतना अभियानमा समेत यस बाहिनीले उत्कृष्ट तवरबाट कार्यहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।
जिम्मेवारी क्षेत्रभित्र रहेका विपद्का क्षेत्रहरु पहिचान गरी विपद प्रतिकार्य तथा क्षति न्यूनिकरणको तयारी स्वरुप गत फाल्गुण महिनामा चन्द्रागिरी हिल्ससंगको सहकार्यमा जोखिमलाई न्यूनिकरण गर्न प्रतिकुल मौसमका बावजुत पनि तीन् दिने केबलकार आपतकालिन उद्धार अभ्यास संचालन उत्कृष्ट रहेको बताउनु भयो ।
संगठन सुधारका कार्यहरु अन्तर्गत संगठनले अवलम्वन गरेको सुधारका योजना कार्यान्वय अन्तर्गत बाहिनी मुख्यालयमा स्वीकृत दरबन्दी संख्या भन्दा बढी सशस्त्र प्रहरी कर्मचारीहरु नराख्ने भन्ने नीति, जुनियर अधिकृत वेशपति हुने वेशहरुमा योग्यताक्रम बमोजिम खटाउने नीति, Quick Impact Project अन्तर्गत वर्षदेखि जिर्णोद्धारको पर्खाईमा रहेको पशुपतिनाथ मन्दिर परिसर मर्मत संभार गरिएको बताउनुभयो ।
अशक्त दर्शनार्थी लक्षित ह्विल चियर वितरण एवं रुद्रमती क्रियापुत्री धाममा ढुङ्गेधारासहित स्नानगृह निर्माण कार्य, बाहिनीदेखि मद्दति सेवा गुल्म तहसम्म महिला सशस्त्र प्रहरीका लागि Sanitary एवं vending Machine with incinerator राख्ने कार्य, जवान तथा जुनियर अधिकृत मेश सुधार, Rice Steamer को प्रयोग, एक जवान एक विस्तारासम्बन्धी सुधार कार्यहरु समेत यस बाहिनी तथा मातहत इकाईले शत प्रतिशत लक्ष्य हासिल गरेको उहाँले बताउनुभयो ।
उहाँले देशको राजधानी शहर जहाँ स्थानीय तदेखि संघीय तह एवं ७७ वटै जिल्लामा भएका घटनाहरुको प्रतिकात्मक वा सघन प्रकृतिका विरोध, धर्ना, प्रदर्शन यही बाहिनीको कार्य क्षेत्र अन्तर्गत हुने हुँदा कार्यक्षेत्रमा अहोरात्र खटिँदै गर्दा पनि वार्षिक रुपमा संचालन हुने केन्द्रीय निरीक्षणमा यस बाहिनी अन्तर्गत रही मुल्याङ्कन भएका गणहरु मध्ये क्रमशः नम्बर १९ गण कार्यदल, नं.२२ गण भक्तपुर, नं.२१ गण ललितपुर प्रथम, द्वितीय र तृतीय हुन सफल भएकोमा खुसी व्यक्त गर्नुभयो ।
एक प्रतिशतभन्दा कम अंकको फरकले यस बाहिनी द्वितीय स्थान हासिल गर्न सफल भएको पनि उहाँले बताउनुभयो ।
Video