डोल्पा : डोल्पाको सुँ सामुदायिक वनमा आगलागीमा परेका तीन जनै बालकको मृत्यु भएको छ। गत विहीवार आगलागी घटनामा परेका तीनै बालकको मृत्यु भएको हो।

काठमाडौँमा उपचारका क्रममा १२ वर्षीय विवश बुढा र १३ वर्षीय समन्त बुढाको आज र आगलागीबाट घाइते १० वर्षीय सुलस बुढाको भने गत शुक्रवार जिल्ला अस्पताल डोल्पामा मृत्युभएको स्थानीय प्रहरीले जनाएको छ।
गत मंगलबार मात्रै आगालागीमा परेका तीन सैनिकको ज्यान गएको थियो । गाउँ नजिकैको वनमा गुच्ची च्याउ टिप्न गएका तीनै बालक आगलागीमा परेर गम्भीर घाइते भएका थिए।
डोल्पामै गत मङ्गलबार ठूलीभेरी नगरपालिका–४ स्थित मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार सैनिकमध्ये तीनजनाको मृत्यु भएको थियो। देशभर आगलागी फैलिने क्रममा रहेको छ।