हेटौँडा, कला(कार), कला–अभियान । सुन्दा मात्र पनि सभ्य–भव्य लाग्छन्, यी शब्दहरू। अझ कलाले हराभरा हेटौँडा कस्तो देखिएला? अर्थात् हेटौँडा कलामार्फत कस्तो सौन्दर्यमा अभिव्यक्त हुनुपर्छ? यी प्रश्नको उत्तर खोज्दा थप प्रश्नहरु उब्जिन्छन् ।
कलाकार कति स्वाधीन छन् ? अनि अभियन्ता (आर्टिभिष्ट)ले अभिव्यञ्जनाको कस्ता माध्यम रोज्दै छन्? कसले कहाँ कस्का लागि कस्तो कलाकृति सिर्जदै छन् ? गम्भीर राजनीतिक प्रश्नहरु अनुत्तरित उभिन्छन्। अन्ततः हेटौँडा कला महोत्सवमा कलाकारहरु कसरी जुट्दै छन्? यी प्रश्नको उत्तर खोज्दा कलात्मक हेटौँडाको विगत–आगत प्रतिविम्बित हुनसक्छ।
अध्ययन–अनुसन्धान, हेटौँडालाई कलाकृतिमा हेटौँडाजस्तै हेर्ने (देखाउने) चाहसम्म फैलन सक्छ, वृहत्तम राजनीतिक चेतनासहित। हेटौँडासँग सेन वंशीय सत्ताले सिर्जना गरेको राजनीतिक–ऐतिहासिक विराशत छ।
गढीहरु अस्तित्वमा छन्, भग्नरुपमै भए पनि । तीसँग सम्बन्धित मिथक–लिखत् छन्। हेटौँडा केन्द्रित किराँतकालीन अघिपछिका पृष्ठभूमिको ठोस प्रमाण जनमासमा उपलब्ध छैन। सांस्कृतिक एतिहासिकता आर्थिक अपरिहार्यतासँग मिसिएर अघि बढिरहेको अर्को भङ्गालो छ।
सबाल्टर्न जनसमुदायको मौलिक पहिचान अडिएको धरातल धर्मराइरहेको परिवेशमा हेटौँडा जस्ता शहरहरुले कस्तो कला–अभियान खोज्दैछ, बहसको थालनी यस महोत्सवबाट हुने अपेक्षा छ ।
यो पनि
यसकारण ‘हेटौँडा कला महोत्सव’ : सबै तयारी पूरा
जेठमा ‘हेटौँडा कला महोत्सव’, कलामय बनाउने तयारी, भिडियोसहित