काठमाडौं : नेपालको प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त हुनुभएको छ ।
आइतबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नु भएको हो ।
ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दावी पेस गर्नुभएको थियो ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति पौडेलले धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दावी पेस गर्न आह्वान गर्नुभएको थियो ।
राष्ट्रपतिको आह्वान लगत्तै ओलीले दावी पेस गर्नुभएको थियो। प्रधानमन्त्री नियुक्त भएका ओलीको भोलि बिहान ११ बजे शपथको कार्यक्रम तय भएको छ।