काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको दुई तिहाई विश्वास प्राप्त गरेका छन् । दोस्रोपटक २०७४ सालमा प्रधानमन्त्री बन्दाको जस्तै यसपटक पनि उनले संसद्को विश्वास प्राप्त गरेका छन् ।

आइतवार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मतको प्रस्ताव राखेकामा पक्षमा १८८ मत पर्यो। विपक्षमा ७४ मत पर्दा कतै पनि मत दिन्न भन्ने पक्षमा १ मत पर्यो। मतदान प्रक्रियामा २६३ जना सांसद सहभागी थिए।
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेससँग गत असार १७ गते भएको सहकार्यको सहमतिको विस्तारित निर्णायक रुपमा शुक्रबार संसद्मा दुई तिहाई मतको रुपमा प्रकट भएको हो ।
प्रधानमन्त्री ओलीले विश्वासको मत माग्ने क्रममा आफ्नो आगामी मार्गचित्रको प्रारम्भिक खाका पेस गरेका छन् । जसलाई लागू गर्नका लागि भन्दै उनले संसद्मा विश्वासको मत मागेका थिए ।
प्रतिनिधिसभाको रोस्ट्रममा उभिएपछि धाराप्रवाह जुनसुकै विषयमा लम्बेतान बोल्ने र व्यक्तिगतहमा पनि आलोचना एवं टिप्पणी गर्ने विगतको शैलीमा ओलीले आइतबार केही हदसम्म ब्रेक लगाए।
विपक्षी नेताहरूका नाम किटेर टिप्पणी गरेनन्, राजनीतिक प्रबृत्तिमाथि मात्रै आलोचनात्मक धारणा राखे। प्रधामनन्त्री ओलीले तीनवटा विषय उठाए । आर्थिक संकट, संविधान संशोधन र राजनीतिक समझदारी तथा सुशासन ।