काठमाडौँ । चितवनको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले आज नगर अस्पतालका समस्याबारे स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई जानकारी गराउँदै आवश्यक सहयोग गर्न अनुरोध गर्नुभएको छ ।

कालिकामा स्थापना भएको नगर अस्पतालको स्तरोन्नतिका लागि सरकारबाट आवश्यक सहयोग गर्न उहाँले मन्त्री पौडेलसँग माग गर्नुभएको हो । सो क्रममा मन्त्री पौडेलले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
नगरपालिकाका प्रमुख रेग्मीले आज मन्त्रालयमा गरेको भेटका क्रममा मन्त्री पौडेलले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने विषयमा आफ्नो ध्यान रहेको र उक्त अस्पतालका लागि पनि आवश्यक सहयोग हुने आश्वासन दिनुभएको हो ।
भेटका क्रममा नगरप्रमुख रेग्मीले भिडियो एक्सरेसहितका ल्याबका उपकरणहरु आवश्यक रहेकाले उपलब्ध गराउन माग गर्नुभएको थियो । उहाँले नगर अस्पतालको स्तरोन्नतिका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन पनि अनुरोध गर्नुभएको थियो ।
सो क्रममा मन्त्री पौडेलले केही उपकरणहरु खरिदको प्रक्रियामा रहेको र खरिद भएपछि सहयोग गरिने आस्वासन दिनुभएको पनि नगरप्रमुख रेग्मीले जानकारी दिनुभयो ।
नगरपालिकामा हाल १५ शैयाको अस्पताल सञ्चालनमा छ । नगर अस्पतालमा दैनिक ३०० देखि ४०० जना सेवाग्राहीले सेवा लिँदै आएका छन् । उक्त अस्पताल चेपाङ समुदायले सेवा लिने महत्वपूर्ण अस्पताल हो ।



यसअघि उहाँले पालिकाको विजुलीका समस्या लिएर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग समेत भेटघाट गर्नुभएको थियो ।
यो पनि
कालिका नगर अस्पतालमा प्रयोगशालाको सेवा विस्तार, अब थाइराइडको पनि परीक्षण
पौडेलले स्वास्थ्यमन्त्रीसँग मागे कालिका अस्पतालका लागि भिडियो एक्सरे मेसिन
कालिकामा सुरु भयो आँखा उपचार सेवा, मेयरले भने, ‘अब भरतपुर जानु पर्दैन’