काठमाडौँ, २८ वैशाख : गृह मन्त्रालयको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालको भूकमपबाट प्रभावित जिल्लहरुमा विस्तृत क्षति आँकलनको काम तीव्र पारेको छ ।

विभिन्न निकायरुसँग सम्झौता गरी तीव्र गतिमा क्षति आँकलनको काम अघि बढाइएको प्राधिकरणका प्रवक्ता, उपसचिव रामबहादुर केसीले जानकारी दिनुभयो । उहासहितको टोली अहिले क्षति आँकलनकै शलिशलिामा पश्चिम नेपाल खटिएको छ ।
आजमात्रै डोटी भूकम्पबाट क्षतिग्रस्त तर विस्तृत क्षति हुन बाँकी निजी आवासको क्षति आँकलनका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सुदूरपश्चिम विश्वविद्यालयबीच सम्झौता भएको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्ट र विश्वविद्यालयको फ्याकल्टी अफ इञ्जिनियरिङका डिन प्राध्यापक डा. किशन दत्त भट्टले आज यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको प्राधिकरणका प्रवक्ता केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार विश्वविद्यालयले सुदूरपश्चिम प्रदेशका डोटी, अछाम, बाजुरा, बझाङ र डडेल्धुराका क्षति आकलन हुन बाँकी १३ हजार ५७६ परिवारको निजी घरको क्षति आँकलनका लागि ३१ जना इञ्जिनियर खटाउने छ । विसं २०७९ कार्तिक २२ गते डोटी केन्द्रविन्दु भएर ६.६ म्याग्नेच्युटको भूकम्प गएको थियो ।
यसअघि, गत चैत्र ३१ गते जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासहरुको विस्तृत क्षति आकलनका लागि प्राधिकरण र मध्यपश्चिम विश्वविद्यालय बीच सम्झौता भएको थियो ।
जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासमध्ये विस्तृत क्षति आँकलन गर्न बाँकी करिब २८ हजार घर छन् ।
क्षति मूल्यांकन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आर्थिक तथा प्राविधिक सहयोग एवं मध्यपश्चिम विश्वविद्यालयको सहजीकरणमा छनोट भएका ८५ जना इन्जिनियरलाई तालिम तथा अभिमुखीकरण सुरु भएको छ । त्यहाँ ११८ जना अहिले पनि फिल्डमा खटिरहेका छन् ।
कर्णाली प्रदेशमा आज र भोलि हुने उक्त तालिमपछि प्राविधिकहरु क्षति आँकलन गर्न बाँकी जाजरकोट र रुकुम (पश्चिम) का पालिकामा खटिने प्राधिकरणले जनाएको छ ।
त्यसअघि, विस्तृत क्षति आँकलनका लागि प्राधिकरण र पुल्चोक इञ्जिनियरिङ क्याम्पसबीच सम्झौता भई विस्तृत क्षति तोकिएको क्षेत्रमा आँकलनको काम सम्पन्न गरिएको थियो ।