काठमाडौँ, ७ असार : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योगले शारीरिक र मानसिक स्वास्थ्यलाई समृद्ध बनाउने बताउनुभएको छ ।

आज विश्व योग दिवस २०८२ को अवसरमा सम्पूर्ण नेपाली नागरिक, योग साधकहरू र विश्वभरिका योग प्रेमीहरूमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले योगले हामीलाई व्यक्तिगत स्वास्थ्य र सामाजिक चेतनाको विकाससँगै आत्मानुशासन, सन्तुलन र शान्तिको मार्गमा डो¥याउन प्रेरित गरेको बताउनुभयो ।
उहाँले भन्नुभएको छ, “योग हाम्रो प्राचीन सभ्यताको अमूल्य निधि हो, जसले शारीरिक र मानसिक स्वास्थ्यलाई एकसाथ समृद्ध बनाउँछ । यस वर्षको विश्व योग दिवसको नारा ुथ्यनब ायच यलभ भबचज यलभ जभबतिज’ ले हामीलाई व्यक्तिगत स्वास्थ्य र सामाजिक चेतनाको विकाससँगै आत्मानुशासन, सन्तुलन र शान्तिको मार्गमा डो¥याउन प्रेरित गरेको छ ।”
अध्यक्ष दाहालले योगको उत्पत्ति र विकास भएको ऐतिहासिक पृष्ठभूमि बोकेको हाम्रो देश नेपाल विश्वभरिका योग साधकहरूका लागि एक आदर्श गन्तव्य बन्न सक्ने पनि बताउनुभएको छ ।