चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–३ डडुवा भन्ने स्थानमा बस र इभी माइक्रो बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ २४ जना घाइते भएका छन् ।

शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
इभी माइक्रोबस र यात्रुवाहक बस एक आपसमा ठोक्किंदा दुर्घटना भएको हो ।
धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको बसले लोथरबाट भरतपुरतर्फ आउँदै गरेको माइक्रकोलाई ठक्कर दिएको थियो ।
घाइतेहरुको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतक तथा घाइतेहरु अधिकांश इभी गाडीमा सवार रहेको प्रहरीले जनाएको छ ।
शनिबार बिहान भएको यो दुर्घटनापछि स्थानीयवासी, प्रहरी र उद्धार टोलीको सहयोगमा घाइतेहरुलाई भरतपुरस्थित विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको हो ।
तीव्र गति र सम्भावित ब्रेक फेलका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
घटनाबारे विस्तृत अनुसन्धान भइरहेको चितवन प्रहरी प्रमुख गोविन्द पुरीले जनाएका छन् ।
दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि अहिले आवागमन सञ्चालनमा आएको छ ।
पूरा विवरण
(बस र EV गाडी ठख्कर खाएको) मिति २०८२/०३/०७ गते अं.१०:१५ बजेको समयमा जिल्ला चितवन राप्ती न.पा.४ पुर्व पश्चिम राजमार्गको खहरेपुल स्थितमा धनगढीबाट काँकडभिट्टा तर्फ आउदै गरेको प्रदेश१-०१-००१ख ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढ तर्फ गई रहेको बागमती प्रदेश ०३-००१ज २९९ नम्बरको EV गाडी ठक्कर खाँदा दुबै सवारी साधनमा सवार अं.१४/१५ जना घाईते भई उपचारको लागि भरतपुर तर्फ पठाईएको, दुबै सवारी साधन घटना स्थलमा नै भएको कारण बाटो दुबै तर्फ अबरोध भएको, क्रेन बोलाई बाटो खुलाउने कार्य भई रहेको,उक्त स्थानमा इप्रका भण्डाराबाट प्र.नि.रुपेश बिष्ट (9855080303) र इ.प्र.का. खैरहनीबाट प्र.नि.प्रदिपजंग महतको कमाण्डमा र इप्रका टांडीबाट प्रनाउ रन्जन अवाको कमाण्डमा २० जना गरी जम्मा ४५ जनाको टोली खटी गएको, उक्त स्थान इ.प्र.का. भण्डाराबाट १ कि.मि.पश्चिम पर्ने । थप टिपोट:- ऐ.१२:०५ बजेको समयमा सम्झआई बुझाई गरी बाटो दुबै तर्फ सुचारु भएको ।। भरतपुर सरकारी अस्पतालमा मृत्यु भएको । १.जि.मकवानपुर हटिया ३ बस्ने बर्ष ५५ को सोम प्रसाद रुपाखेती,मृत्यु । २.जि.मकवानपुर हेटौंडा ५ बस्ने बर्ष ५३ की मैंया कुमारी न्यौपाने पहाडी मृत्यु । ३.हाल नामथर वतन नखुलेको अं.बर्ष १८/१९ की महिला मृत्यु । ४.हाल नामथर वतन नखुलेकी अं. बर्ष २४/२५ की महिला मृत्यु । ५.हाल नामथर वतन नखुलेको अं. बर्ष २२/२३ को पुरुष मृत्यु । एलाईभ अस्पताल भरतपुरमा उपचार भई रहेको घाईतेहरू;- १.जि.मकवानपुर हेटौंडा उ.म.न.पा.१३ बस्ने बर्ष १६ को सक्षम थापा,मध्यम । २. जि.मकवानपुर हेटौंडा उ.म.न.पा.१२ बस्ने बर्ष ३२ को सिंहबिर घलान, मध्यम । ३. जि.मकवानपुर हेटौंडा उ.म.न.पा.४ बस्ने बर्ष ३१ को बिष्णु लम्साल, मध्यम । ४. जि.मकवानपुर हेटौंडा उ.म.न.पा.८ बस्ने बर्ष ३४ की गंगा घलान,गम्भिर । पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको घाईतेहरु/मृतक:- १.नामथर वतन नखुलेकी अं.वर्ष ३०/३५ की गर्भवती महिला महिला १०:५५ बजेको समयमा मृत्यु भएको २.हाल नामथर वतन नखुलेको अं.वर्ष ३५/४० को पुरुष व्यक्ति, मृत्यु । ३.जिल्ला झापा गौरादह नपा ९ बस्ने वर्ष अन्दाजी ६५ कि सुशीला बराल नाकमा चोट मध्यम ४. जिल्ला झापा गौरादह न.पा. ९ बस्ने बस्ने वर्ष अं.६७ को उमा बराल सामान्य ५.जिल्ला कञ्चनपुर बेलौरी न.पा.४ बस्ने वर्ष अं. ४८ को वीरबहादुर जैसी, मध्यम । ६.जिल्ला रुकुम पश्चिम आठबिस्कोट न.पा. ९ बस्ने वर्ष अं. ३० को सन्देश ओली सामान्य । नयाँ मेडिकल कलेज भरतपुरमा १० जना घाईतेको उपचार भई रेहको सवै जनाको अबस्था सामान्य रहेको १.जिल्ला अछाम साफे बगर न.पा. १० बस्ने वर्ष ३२ को अर्जुन बहादुर राउत, सामान्य । २.जिल्ला कैलाली लम्कि चुवा न.पा. ८ बस्ने ४५ को जम बुढा,सामान्य ३.जिल्ला कञ्चनपुर पूरनवास न.पा.६ बस्ने बर्ष ७० की चन्द्रकुमारी थापा, सामान्य । ४.जिल्ला झापा गौरदह न.पा. ६ बस्ने ७० की टिका न्यौपाने, सामान्य । ५.जिल्ला कञ्चनपुर पूरनवास न.पा. ६ बस्ने बर्ष ६९ को जम ब. थापा सामान्य । ६.जिल्ला कैलाली गोरीगगा न.पा. ११ बस्ने वर्ष ३२ को सुरेश बोगटी सामान्य । ७.जिल्ला कैलाली लम्कीचुवा न.पा. १ बस्ने वर्ष ३७ को लोकेन्द्र बुढा सामान्य । ८.जिल्ला कैलाली लम्कीचुवा न.पा.१ बस्ने बर्ष ४८ को बल सिंह वुढा सामान्य । ९.जिल्ला रौतहट चपुर नगरपालिका ७ बस्ने वर्ष ४५ को वुलटन साह कानु सामान्य । १०.जिल्ला मकवानपुर बकैया गा.पा. ४ बस्ने वर्ष २६ की अनिसा घिमिरे सामान्य । ११.जिल्ला कालिकोट पलाता गा.पा. ४ बस्ने वर्ष ५३ को रत्न बुढा, सामान्य । १२.जिल्ला झापा दमक नगरपालिका ८ बस्ने बर्ष ८३ की लक्ष्मी पौडेल सामान्य । १३.जिल्ला झापा मेचि न.पा. १५ बस्ने बर्ष २३ को प्रवेश सौरेन, सामान्य । १४.जिल्ला सप्तरी राजविराज नगरपालिका ५ बस्ने वर्ष ५६ को श्रीचन्द्र राय सामान्य । १५.जिल्ला कैलाली गोदावरी न.पा. ४ बस्ने वर्ष ३४ को महेश चौधरी, सामान्य । १६.जिल्ला मोरङ बेलबारी नगरपालिका ७ बस्ने वर्ष २७ को सुमन चौधरी सामान्य । हाल सम्म जम्मा घाईते:-३१, मृत्यु ७, (बांकी २४ जनाको उपचार भई रेहको)